अग्रजको आशीर्वाद र युवाको साथ नै जितको आधारः उम्मेदवार गुरुङ
पाेखरा | असोज २८, २०७९
पोखरा : मृर्गौला फेल भएपछि उपचाररत पुराना कम्युनिस्ट कार्यकर्ता फणीन्द्र भण्डारी बिहीबार बिहान रानीपौवा पुगे । कास्की प्रेदश सभा २ ‘ख’की एमाले उम्मेदवार मीना गुरुङलाई चुनावी परिचालनका उपाय सुझाउन र आशीर्वाद दिन उनी आएका थिए ।
उनले युगको आकांक्षा, पार्टीको सिद्धान्त र युवाको अपेक्षा पूरा गर्ने गरी लाग्न सुझाव दिए । अर्का ज्येष्ठ नागरिक ईश्वरी आचार्यले कहिलेकाँही देशको कायाकल्प गर्ने राजनीतिमा पैसाकै चलखेल हाबी हुनसक्ने भन्दै सतर्क बन्न आग्रह गरे । उनले भने, ‘राजनीति पैसाको होइन, विचारको खेल हो । अचेल कौडा जस्तो बनाउन खोजिँदै छ ।’
आफूलाई आशीर्वाद र सुझाव दिन जम्मा भएका आफ्नै टोलका ज्येष्ठ नागरिकसँग उम्मेदवार गुरुङले अग्रजको आशीर्वाद, सम्मान र युवाको साथ नै आफ्नो जितको आधार भएको बताइन् । उनले भनिन्, ‘ज्येष्ठ नागरिकको इच्छा भनेको अग्रजको निर्देशन हो, लामो अनुभवको उपज हो । उहाँहरुको आशीर्वाद, सम्मान गर्दै युवाको आकांक्षा सम्बोधन गर्नु हाम्रो मुख्य जिम्मेवारी हो ।’
गुरुङ गण्डकी प्रदेशसभाकी निवर्तमान सांसद हुन् । गएको कार्यकालमा समानुपातिकबाट सांसद बनेकी आफूलाई पार्टी प्रत्यक्षका लागि योग्य ठह¥याएको जनाउँदै जनताले मंसिर ४ मा उत्कृष्ट तवरले अनुमोदन गर्ने अपेक्षा गरिन् ।
एमाले पोखरा ११ का कार्यवाहक अध्यक्ष डा बुद्धिबहादुर थापाले गएको कार्यकालमा गरेको उत्कृष्ट काम र पार्टीका एजेन्डाले आफूहरुको जित पक्का भइसकेको बताए ।
कास्की २ ‘खमा उनका मुख्य प्रतिश्पर्धी कांग्रेसका विन्दुकुमार थापा छन् । कास्की २ प्रतिनिधिसभामा एमालेले विद्या भट्टराई र सत्ता गठबन्धनबाट श्रीनाथ बराल मैदानमा छन् ।
पोखरा: नेपाली कांग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले यही २७ र २८ पुसका लागि आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन कास्की कांग्रेसले अपिल गरेको छ । यही २७ र २८ पुसका लागि म...
बागलुङ: नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको आयोजनामा आगामी चैत २० र २१ गते ‘बागलुङ मिडिया मेला’ हुने भएको छ । शाखाले आफ्नो रजत वर्षका अवसरमा पहिलोपटक जिल्लामा मिडिया मेलाको...
गण्डकी: कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ । पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ । अघिल्लो वर्...

